You are viewing the translated version of साफ्टा सम्झौता र संवेदनशील सूचीमा परेका मालवस्तु सम्बन्धमाः.
Number 6
साफ्टा सम्झौता र संवेदनशील सूचीमा परेका मालवस्तु सम्बन्धमाः
यस अनुसूचीको दफा १९ मा उल्लिखित नेपाल सरकारको - संवेदनशील सूचीमा परेका मालवस्तु र यस अनुसूचीको दफा .२० मा. उल्लिखित मालवस्तु बाहेक सार्क मुलुकमा उत्पादित अन्य मालवस्तु त्यस्तो मुलुकमा प्रतीतपत्र खोली सोही मुलुकको उत्पादक वा निजको आधिकारिक वितरकबाट जारी भएको बिल बीजक सहित सोही मुलुकबाट साफ्टा सम्झौता बमोजिम साफ्टा उत्पत्तिको प्रमाणपत्र सहित पैठारी भएमा संवत् २०६२ साल पुस १७ गते कायम रहेको देहाय अनुसारको भन्सार महसुल (दरमा आंशिक छुट दिई देहाय बमोजिमको दरमा भन्सार महसुल असुल गरिनेछः-
तर,
(१) सार्क मुलुकबाट पैठारी गर्दा लाग्ने भनी यस दफामा उल्लेख भएकोभन्दा यस ऐनद्वारा तोकिएको भन्सार महसुल दर घटी भएमा सोही दर बमोजिम महसुल असुल गरिनेछ।
(२) यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि यस अनुसूचीको अन्य दफाबाट भन्सार महसुल पूर्ण वा आंशिक छुट दिइएको कारणले यस दफा अनुसार लाग्ने महसुलभन्दा घटी महसुल लाग्ने वा महसुल नलाग्ने भएमा सोही बमोजिम हुनेछ।
(३) संवत् २०६२ साल पुस १७ गते कायम नरहेका तर यस अनुसूचीको दफा १ मा रहेका, यस अनुसूचीको दफा १९ र दफा २० मा नपरेका उपशीर्षकहरूमा उल्लिखित मालवस्तु यस दफा बमोजिम सार्क मुलुकबाट पैठारी गर्दा यसै दफामा उल्लिखित सार्क मुलुकबाट: पैठारी गर्दा लाग्ने भन्सार महसुल दर लाग्नेछ।
(४) साफ्टा उत्पत्तिको प्रमाणपत्र, उत्पादक वा निजको आधिकारिक वितरकबाट जारी भएको बीजक, प्रतीतपत्र लगायतका कागजातमा उल्लेख भएको उपशीर्षक र भन्सार कार्यालयमा घोषित वा भन्सार अधिकृतले यकीन गरेको उपशीर्षकको पहिलो ६ अङ्क फरक परेमा यस दफा बमोजिम भन्सार महसुल दरमा आंशिक छुट दिइने छैन।